Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक स्थगित, इजलास छाडेर १४ न्यायाधीश बेग्लै छलफलमा

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक स्थगित, इजलास छाडेर १४ न्यायाधीश बेग्लै छलफलमा


  • 2.8K
    Shares

    प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक स्थगित, इजलास छाडेर  १४ न्यायाधीश बेग्लै छलफलमा
    images

    काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ । सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न नसकेको हो ।

    प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए । तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

    अहिले १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको छ । बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिने बुझिएको छ ।

    यस्तै, प्रधानन्यायाधीश जबराको कार्यक्षमता र योग्यताका विषयमा छलफल गर्न नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनको बैठक पनि बसिरहेको छ ।

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १३:१८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij