Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

प्रधान्यायाधीशले डाकेको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशले बहिस्कार गर्ने

प्रधान्यायाधीशले डाकेको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशले बहिस्कार गर्ने


  • 5.2K
    Shares

    प्रधान्यायाधीशले डाकेको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशले बहिस्कार गर्ने
    images

    काठमाडौं । आज सर्वोच्च अदालतका न्यायाधीशहरुको फुलकोर्ट बैठक बस्दैछ । एक पछि अर्को विवादमा तानिँदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीसहित आज दिउँसो साँढे १ बजेका लागि ‘फुल कोर्ट’ बैठक बोलाएका हुन् ।

    तर असन्तुष्ट १४ न्यायाधीशहरूले भने बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् । प्रधानन्यायाधीशले फुल कोर्ट बैठक बोलाएपछि आइतबारै अपराह्न सर्वोच्च अदालतमै बसेको १४ जना न्यायाधीशहरूको बैठकले त्यसमा सहभागी नहुने निर्णय गरेको हो ।

    पाँच दलीय गठबन्धन सरकारसँग भाग खोजेको लगायत आरोपका कारण घेराबन्दीमा परेका जबराले आइतबार बार एसोसिएसनसँगको बैठकपछि फुलकोर्ट बोलाएका हुन् । आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नभनेको उनले बताउँदै आएका छन् ।

    सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दवाव बढ्दै गएको छ । तर उनले अहिले देखिएका सबै समस्या र उठेका प्रश्नको समाधानबारे सोमबार बस्ने फुल कोर्टमै छलफल गर्ने बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - ११:१५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij