Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पहिलो तीन महिनामा ८ बैंकको निक्षेप घट्यो, १९ को बढ्यो (सूचीसहित)

पहिलो तीन महिनामा ८ बैंकको निक्षेप घट्यो, १९ को बढ्यो (सूचीसहित)


  • 6.5K
    Shares

    पहिलो तीन महिनामा ८ बैंकको निक्षेप घट्यो, १९ को बढ्यो (सूचीसहित)

    काठमाडौँ । यस आर्थिक वर्षको पहिलो तीन महिनामा ८ बैंकको निक्षेप घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार स्वदेशी र विदेशी मुद्राको संयूक्त निक्षेप १९ बैंकमा बढेको छ ।

    साउन, भदौ र असोज महिनामा २७ वाणिज्य बैंकमा समग्रमा कुल ६३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप थपिएको छ । जसमा स्वदेशी मुद्रामा जम्मा ३४ अर्ब ६८ करोड रुपैयाँ थपिएको हो । असार मसान्तसम्म ती बैंकको कुल निक्षेप ४२ खर्ब ४ अर्ब रुपैयाँ रहेकोमा असोज मसान्तसम्म ४२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

    सो अवधिमा सनराइज बैंकमा सबैभन्दा धेरै २१ अर्ब ९० करोड रुपैयाँ निक्षेप थपिएको छ । बैंकले असोजमा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै १०.०७ प्रतिशत ब्याज घोषणा गरेको थियो । सानिमा, एनसिसी, एनआइसी एसिया, नेपाल, कुमारी र एनएमबि बैंकले पनि उल्लेख्य निक्षेप बढाएका छन् । सो अवधिमा कतिपय बैंकमा भएको निक्षेप पनि घटेको छ । राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै २४ अर्बले निक्षेप घटेको छ । कृषि विकास, नेपाल बंगलादेश बैंकबाट पनि ठूलै निक्षेप घटेको छ ।

    पछिल्लो समय निक्षेपभन्दा कर्जा प्रवाहको दर अत्याधिक बढेपछि यतिबेला बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव छ । जसले गर्दा केही दिनअघि मात्रै बैंकहरुले ब्याजदर बढाएपछि राष्ट्र बैंकले हस्तक्षेप गर्नुपरेको थियो । संघका अनुसार पहिलो तीन महिनामा ६३ अर्ब निक्षेप थपिए पनि कर्जा प्रवाह भने २ खर्ब ७८ अर्बले बढेको छ । असार मसान्तसम्म २७ बैंकले कुल ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा असोज मसान्तसम्म आउँदा ३९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

    बैंक

    असार मसान्त

    असोज मसान्त

    परिवर्तन

    सनराइज

    110.18

    132.08

    21.90

    सानिमा

    130.88

    143.94

    13.06

    एनसिसी

    110.80

    122.20

    11.40

    एनआइसी

    300.25

    311.44

    11.19

    नेपाल

    163.56

    173.61

    10.05

    एनएमबी

    166.46

    175.67

    9.21

    कुमारी

    157.18

    166.34

    9.16

    सिद्धार्थ

    185.20

    192.20

    7.00

    सिभिल

    90.34

    94.59

    4.25

    प्राइम

    160.19

    164.43

    4.24

    एभरेष्ट

    160.90

    164.48

    3.58

    नविल

    228.02

    231.14

    3.12

    लक्ष्मी

    117.60

    120.64

    3.04

    मेगा

    145.29

    148.27

    2.98

    सिटिजन्स

    143.00

    145.60

    2.60

    एसबिआई

    106.22

    107.84

    1.62

    हिमालयन

    149.39

    150.90

    1.51

    मछापुच्छ्रे

    134.49

    134.65

    0.16

    बिओके

    104.32

    104.35

    0.03

    सेन्चुरी

    97.03

    96.71

    -0.32

    प्रभु

    169.73

    168.34

    -1.39

    स्टान्डर्ड

    95.99

    94.02

    -1.97

    इन्भेष्टमेन्ट

    176.05

    172.72

    -3.33

    ग्लोबल

    283.35

    277.05

    -6.30

    नेपाल बंगलादेश

    89.38

    80.14

    -9.24

    कृषि

    162.96

    153.41

    -9.55

    राष्ट्रिय वाणिज्य

    266.15

    241.89

    -24.26

    कुल

    4204.91

    4268.65

    63.74

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १७:०१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij