२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । सामलिङ पावर कम्पनीको आइपीओमा शुक्रवार दोस्रो दिनसम्ममा ९ लाख ४८ हजार ४०५ जना आवेदकबाट आवेदन परेको छ ।
विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार रू. १ अर्ब १३ करोड ८६ लाख २३ हजार बराबरको १ करोड १३ लाख ८६ हजार २३० कित्ताका आवेदन दिएका हुन् । यो मागभन्दा १६.७७ गुणा बढी आवेदन हो ।
कम्पनीले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ६०० कित्ता कर्मचारीको लागि, ३६ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
आवेदकले कात्तिक ८ गतेसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij