Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ओमानको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक कति ?

ओमानको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक कति ?


  • 4.6K
    Shares

    ओमानको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक कति ?

    काठमाडौं । ओमानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । ओमानको रुवाई कम्पनीले २० जना पुरुष र १२ जना महिला गरी जम्मा ३२ जना नेपाली कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले तलब खान बस्न सहित ३१ हजार माथि देखि ४३ हजार माथि पाउनेछन् । इच्छुक कामदारले फ्यूचर स्टार मेनपावर प्रालीको कार्यालय सामाखुसी काठमाडौंमा कार्तिक १२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - १२:३८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij