Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

लाभांश प्रस्ताव पारित गर्न सिभिल लघुवित्तले बोलायो साधारण सभा, बोनस शेयर कति ?

लाभांश प्रस्ताव पारित गर्न सिभिल लघुवित्तले बोलायो साधारण सभा, बोनस शेयर कति ?


  • 5.2K
    Shares

    लाभांश प्रस्ताव पारित गर्न  सिभिल लघुवित्तले बोलायो साधारण सभा, बोनस शेयर कति ?
    images

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । 

    सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।

    यसआधारमा यसले ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, कम्पनीले करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । 
     
    कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ । सभा गर्न सिभिलले कात्तिक १४ बुक क्लोज गर्नेछ । कात्तिक १३ गतेसम्म कायम सेयरधनी लाभांसको हकदार हुनेछन् ।

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - ११:५६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij