Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

के हो रिपो ? १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

के हो रिपो ? १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक


  • 6.2K
    Shares

    के हो रिपो ? १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले कात्तिक ४ गते दस अर्ब रूपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले सात दिन अवधिको रिपो जारी गर्ने सूचना बुधबार आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो।

    केही समयदेखि बैंकहरूमा पैसा अभाव हुँदै आएको थियो। पछिल्लो मौद्रिक नीतिले बैंकसँग भएको निक्षेप र उनीहरूले दिन सक्ने कर्जाको अनुपात (सिडी रेसियो) अधिकतम ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेको छ। तर केही बैंकले यो अनुपात कायम गर्न सकिरहेका छैनन्। 

    त्यसैले केही बैंकहरूले कात्तिक १ गतेदेखि बचतमा ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्‍याएका थिए। तर बढाएको दुई दिन पनि नहुँदै राष्ट्र बैंकले बढेको ब्याज फिर्ता गराइदियो।

    मंगलबार राति ब्याजदर फिर्ता लिएर बुधबार नयाँ ब्याजदर कायम गर्न निर्देशन दिएको राष्ट्र बैंकले बुधबार साँझ दस अर्ब रूपैयाँको रिपो जारी गर्ने सूचना सार्वजनिक गरेको हो।

    राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार आगामी कात्तिक ११ गते परिपक्व हुने दस अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागिएको छ। बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन्। 

    बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ। गत असोज २० गते पनि बीस अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरिएको थियो। तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरण प्रयोग गर्छन्। 

    रिपो (Repo)

    बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा छोटो अवधिको लागि तरलता प्रवाह (Liquidity Injection) गर्न प्रयोग हुने उपकरणलाइ रिपो भनिन्छ। यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा वित्तिय संस्थाहरुबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रुपमा लिई निश्चित व्याज लिने शर्तमा नेपाल राष्ट्र बैंकले उक्त संस्थाहरु लाइ अल्पकालीन सापटी प्रदान गर्दछ जसले गर्दा बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह हुन जान्छ।

    यसरी तरलता प्रवाह गर्दा बोलकबोल विधि (Auction Mechanism) बाट सबैभन्दा बढी व्याज तिर्न तयार बैंकलाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ र भुक्तानी मितिमा बैंक तथा वित्तिय संस्थाबाट एकमुष्ट रुपमा साँवा व्याज रकम असुल गरी धितोको रुपमा राखेको ट्रेजरी बिल वा विकास ऋणपत्र फिर्ता गरिन्छ।

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १६:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij