२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । यो साताको अन्तिम कारोबारका दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४.७० अंकले घटदा २५५६.९५ विन्दुमा झरेको हो । सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा झरेको छ ।
आजको कारोबारमा २ वटा उपसमूह बढ्दा बाँकी ११ वटा उपसमूह ओरालो लागेका छन् । आज अन्य र सामूहिक लगानी कोषबाहेक बाँकी उपसमूहको सेयर घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा झरेको छ ।
कूल २१६ वटा कम्पनीको ६१ लाख ६ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४ सय ६० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बिहीबार कारोबार रकममा सबैभन्दा अगाडी सानिमा बैंक लिमिटेड रहेको छ । बैंकको २७ करोड १२ लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
बिहीबार मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ९५ रूपैयाँ १० पैसा पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij