Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, नगदभन्दा बाेनसमा जाेड

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, नगदभन्दा बाेनसमा जाेड


  • 3.7K
    Shares

    नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, नगदभन्दा बाेनसमा जाेड
    images

     काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।

    बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२ दशमलव ६११ प्रतिशत बोनस सेयर र तीन दशमलव ३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

    यसअघि बैंकले ११ दशमलव २४ प्रतिशत बोनस सेयर र चार दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । अब बैंकले दुई अर्ब पाँच करोड दुई लाख ११ हजार आठ सय २३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । ५५ करोड ९ लाख ६० हजार आठ सय ९७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

    सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको अनुमोदन तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १३:४१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij