Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड यसै साता

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड यसै साता


  • 3.9K
    Shares

    न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड यसै साता
    images

    काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर यहि साता भित्र बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले भोली मंगलबार प्रि अलटमेन्ट सकाएर यहि साता भित्र शेयर बाँडफाँट गर्ने जनाएको छ ।

    कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो । सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

    कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४।०९ गुणा बढी हुन आउछ । मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

    त्यस अनुसार २ लाख ९ हजार २५० आवेदकले मात्रै गोलाप्रथाबाट न्यूनतम १० कित्ता शेयर पाउनेछ । बाँकी २१ लाख ४८ हजार आवेदकले शेयर नपाउने देखिन्छ ।  

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १९:४६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij