Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 3.9K
    Shares

    साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    images

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले आज कात्तिक २ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

    कम्पनीले पाँचौं वार्षिक साधारण सभा कात्तिक १३ गते हुने भएको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजे शुरु छ ।

    सभामा २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५७ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

     

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १५:४८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij