२०८२ माघ ९ गते शुक्रवार
कठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि बुकक्लोज गर्ने भएको छ ।
त्यसैले, आज सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीको बीसौँ वार्षिक साधारण सभा कार्तिक १२ गते हुँदैछ । सभामा कम्पनीको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij