२०८२ मंसिर १० गते बुधवार
न्यादी हाइड्रोपावर लिमिटेडले गत असोज १५ गते देखि १९ गते सम्म जारी गरेको (साधारण शेयर) आईपीओको यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटले जनाएको छ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटका अनुसार २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकहरूले २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताका लागि आवेदन दिएका छन् ।यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १४ गुणा भन्दा बढ़ी रहेको छ ।
कम्पनीले प्रति कित्ता शेयर १०० अंकित मूल्यका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।जस मध्य २ प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीहरुको लागी र ५ प्रतिशत अर्थात १लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी बाकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्ब साधारणको लागी निष्काशन गरेको हो ।
यस कम्पनीको शेयर २ लाख ९ हजार २ सय ५० जनाले १० कित्ताका दरले प्राप्त गर्ने छ भने बाकी २१ लाख ४७ हजार भन्दा बढ़ी लगानीकर्ताको हात खाली हुनेछ । बिक्री प्रबन्धकका अनुसार हाइड्रोपावरको शेयर को प्री–अलोटमेन्ट सोमबार कात्तिक १ गते हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij