Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

के हो ट्रेजरी बिल ? ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

के हो ट्रेजरी बिल ? ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • 4.6K
    Shares

    के हो ट्रेजरी बिल ? ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

    आज दिउँसो तीन बजे ट्रेजरीको बोलकबोल अनलाइनबाट खुला हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १ सय ८२ दिन अवधिको पाँच अर्ब र ३ सय ६४ दिन अवधिको छ अर्ब गरी जम्मा ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको हो । ९१ दिन अवधिको ट्रेजरी आगामी माघ ४ गते परिपक्व हुनेछ ।

    त्यस्तै १ सय ८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३ सय ६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले गएको असोज २५ गते १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । 

    के हो ट्रेजरी बिल ?
    मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ ।

    २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको टे«जरी बिल केन्द्रीय बैंकले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन ।


     

    प्रकाशित मिति :कार्तिक १ २०७८ सोमवार - ११:४१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij