Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

जङ्गी अड्डा पुगे रक्षामन्त्री रिजाल

जङ्गी अड्डा पुगे रक्षामन्त्री रिजाल


  • 3.8K
    Shares

    जङ्गी अड्डा पुगे रक्षामन्त्री रिजाल
    images

    काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आइतबार जंगी अड्डाको निरीक्षण गरेका छन् । रक्षामन्त्री रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने बताएका छन् ।

    साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएको जङ्गी अड्डाले जनाएको छ ।

    त्यसअघि रक्षामन्त्रीलाई स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए । साथै नेपाली सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा जोड दिएका छन् ।

    प्रकाशित मिति :आश्विन ३१ २०७८ आइतवार - १५:२६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij