Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते


  • 4.6K
    Shares

    पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
    images

    पोखरा । पोखराको बुढी बजारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं। ५ मिजुरेडाँडाका ४७ वर्षका सूर्यबहादुर क्षेत्री रहेका छन् ।

    घाइते हुनेमा सोही ठाउँका सन्दीप केसी रहेका छन् । उनको खुट्टा भाँचिएको र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए । 

    शनिवार साँझ ६स्३० बजे ग१च ६८७८ को पिक अप भ्यानले ग१२प ४०३२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटना पश्चात् भ्यान चालक फरार छन् । उनको खोजी भइरहेको डिएसपी मरासिनीले जानकारी दिए । भ्यानका धनी भने सम्पर्कमा रहेको बताइन्छ ।

     

    प्रकाशित मिति :आश्विन ३१ २०७८ आइतवार - १४:५८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij