Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

राष्ट्रियसभा बैठक : रेल्वे विधेयक फिर्ता लिने सिफारिस स्वीकृत

राष्ट्रियसभा बैठक : रेल्वे विधेयक फिर्ता लिने सिफारिस स्वीकृत


  • 4.0K
    Shares

    राष्ट्रियसभा बैठक : रेल्वे विधेयक फिर्ता लिने सिफारिस स्वीकृत
    images

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ ।

    बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिनिधिसभाको अघिल्लो बैठकले उक्त सहमतिको सिफारिसका लागि राष्ट्रियसभामा पठाएको थियो । यसअघिको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्योहोरा पढेर सुनाउनुभएको थियो । राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

    प्रकाशित मिति :आश्विन २५ २०७८ सोमवार - १५:०८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij