२०८२ मंसिर १० गते बुधवार
काठमाडौं । डिशहोम फाइबरनेटको इन्टरनेट सेवा चितवनको भरतपुर र परासीको गैँडाकोटमा समेत उपलब्ध भएको छ । कम्पनीले आक्रामक रुपमा बजार विस्तारको योजना अनुरूप नयाँ स्थानमा आफ्नो सेवा पुर्याएको हो ।
कम्पनीका अनुसार भरतपुर महानगरपालिका क्षेत्रमा दीपेन्द्र चोक, रमाइलो चोक, युनाइटेड टेक्निकल कलेज, भोजाड, गोर्खाली टोल, बसेनी चोक, गणेशथान, आपटारी र हिमालीपथमा डिशहोम फाइबर नेटको सेवा उपलब्ध भएको छ । त्यस्तै विक्रम मार्ग, इन्द्रेणी चोक, क्षेत्रपुर, लाइन्स चोक, क्याम्पस गेट, सीएमसी, मिलन चोक, हाकिम चोक, बालकुमारी रोड, विशाल चोक, मुस्कान चोक, पार्वतिपुर, सुवेदी चोक र कृष्ण चोकमा समेत फाइबरनेट जडान गर्न सकिने भएको छ ।
तेलौली, पर्साढाप, चाँदनी चोक, चनौली, डेरी जक्सन, ब्युटी प्लस चोक, सुन्दरबस्ती चोक, गुम्बा, पोखरी चोक, लाहुेर चोक, राम मन्दिर र जगतपुरमा समेत डिशहोम फाइबरनेट पुगेको छ । गैडा कोटमा काँग्रेस चोक, भृकुटी चोक, ॐ शान्ति चोक, शिलान्यास चोक, न्याय चोक, बालविकास स्कुल रोड, नयाँ बजार रोड, कालिगण्डकी चोक, प्रगति चोक, फर्मास्युटिकल्स, विजय चोक, राइनो चोक, कालिका चोक र थुम्सीमा पनि डिशहोमको इन्टरनेट पुगेको छ ।
साथै रत्ननगर नगरपालिका अन्तर्गत टाँडी चोक, सौराहा चोक, बकुलहर चोक, निपनी चोक, भानु चोक, गणेश चोक, जयमङ्गला चोक, जिरौना चोक, सुब्बा चोक, डुम्री चोक, पारिजात चोक, दोबाटो चोक, शान्ति चोक, विद्युत चोक, देबौली चोक, चित्रसारी चोक, मोहना चोक, लालपर्सा चोक र पिठुवा दोबाटोमा समेत कम्पनीको सेवा जोड्न सकिने भएको छ ।
थप नयाँ सेवा विस्तार भएका क्षेत्रहरूमा खैरहनी नगरपालिका अन्तर्गत पुरानो पर्सा बजार चोक, मगनी चोक, सिमलटाडी चोक, सुल्ताना चोक, खैरहनी चोक, बुडौली चोक, कुमरोज चोक, तरौली चोक, चैनपुर चोक, लदारी चोक, ज्यामिरे चोक, नेपाल चोक र साइ चोक रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij