Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

के हो ट्रेजरी बिल ? १३ अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

के हो ट्रेजरी बिल ? १३ अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल


  • 8.2K
    Shares

    के हो ट्रेजरी बिल ? १३ अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

    नेपाल राष्ट्र बैंकले १३ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

    उक्त ट्रेजरी बिल पुस २७ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि २ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल चैत्र २९ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल असोज २५ गते परिपक्क हुनेछ ।

    राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज (असोज २५ गते, सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर असोज ३१ गते, आइतबार बिक्री हुनेछ ।

    ट्रेजरी बिल भनेको के हो ?

    ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

    ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छ :

    6163e287a7393.jpg

    प्रकाशित मिति :आश्विन २५ २०७८ सोमवार - १३:१७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij