Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

धोबी खोलामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

धोबी खोलामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु


  • 8.0K
    Shares

    धोबी खोलामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको चाबहिलमा गोपीकृष्ण हल नजिकैको धोबी खोला पुलबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ ।

    बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट धोबी खोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५मा घर भएको कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गुडिरहेको मोटरसाइकल शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल-भारत अस्पताल चाबहिलमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको हो ।

     

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - १०:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij