Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

निफ्राको लाभांश संशोधन, बोनस कति प्रतिशत ?

निफ्राको लाभांश संशोधन, बोनस कति प्रतिशत ?


  • 5.7K
    Shares

    निफ्राको लाभांश संशोधन, बोनस कति प्रतिशत ?
    images

    काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक निफ्राले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बाँड्ने लाभांश संशोधन गरेको छ ।

    यसअघि ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा असोज २४ गते बसेको सञ्चालक  समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले साढे आठ प्रतिशत नगद वितरण गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको भए पनि केन्द्रिय बैंकले स्वीकृति नदिएपछि लाभांश संशोधन गरेको हो । 

    केन्द्रिय बैंकले यसअघि नै कुल लाभांशको ३० प्रतिशतमात्र नगद वितरण गर्न पाउने व्ययवस्था गरेको थियो । केन्द्रिय बैंकको व्यवस्थाअनुसार बैंकको लाभांश नमिलेपछि संशोधन गर्नुपरेको हो ।

    प्रकाशित मिति :आश्विन २५ २०७८ सोमवार - १२:३०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij