२०८२ मंसिर १२ गते शुक्रवार
नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले लाभांशदर परिमार्जन गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार निफ्राले लाभांश परिमार्जन गरी ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद दिने भएको छ । निफ्राले यसअघि ८.५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको थियो । संशोधित लाभांश बैंकको आगामी साधरणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
हाल २० अर्ब चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद गरी कुल १३.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij