Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शिवम सिमेन्ट्‌सले फलाम र खनिजको पनि उत्खनन्‌ गर्ने

शिवम सिमेन्ट्‌सले फलाम र खनिजको पनि उत्खनन्‌ गर्ने


  • 4.2K
    Shares

    शिवम सिमेन्ट्‌सले फलाम र खनिजको पनि उत्खनन्‌ गर्ने
    images

     सिमेन्ट उत्पादन गरिरहेको शिवम्‌ सिमेन्ट्सले फलाम तथा खनिज पदार्थहरूको उत्खनन्‌ गर्ने भएको छ । कात्तिक १६ मा उद्योगले साधारणसभा बोलाएको छ । सभामा यस्तो प्रस्ताव लैजाने सञ्‍चालक समितिले निर्णय गरेको हो ।

    आइरन ओर, फलाम, खनिज तेल, खनिज नुन, डोलोमाइट, खरि, रेडक्ले, चुनढुंगालगायतका धातु तथा अधातु खनिज पदार्थहरूको खोज अनुसन्धान, संकलन, उत्खनन्‌, ढुवानी तथा खरिद बिक्री गर्ने प्रस्ताव उल्लेख छ । त्यस्तै चुनढुंगा उत्खनन्‌ गर्दा निस्कने ओभर वर्डनलाई खानीस्थलबाट व्यवस्थापन गर्न क्रसिङ गरी वा नगरी सडक, पुल, भवन, कुलो नहर निर्माणमा आवश्यक पर्ने निर्माण सामग्रीको रुपमा उपयोग गर्नेसम्म प्रस्ताव गरिएको छ ।

    गुणस्तर तथा नापतौल विभागले एनएचएस-५७२ प्रमाणीकरण गरी शिवमलाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिइसकेको छ । यसअघि पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एन.एस-४९ प्रमाणीकरण गर्दै आइरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्ट कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए।

    नेपालमा एन. एस. ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन.एस ५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो । सन् २००९ मा हेटौंडामा स्थापित शिवम सिमेन्ट उद्योगले जर्मन प्रविधिको प्लान्टबाट आफ्नै चुनढुंगा प्रयोग गरी क्लिंकर र शिवम सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

    शिवम सिमेन्ट्सले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ । उद्योगको चुक्ता पुँजी चार अर्ब ४० करोड रुपैयाँ छ । जसअनुसार कम्पनीले एक अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबर लाभांश बाँड्नेछ ।  

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - १४:१९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij