Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बंगलादेश बैंक र महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

बंगलादेश बैंक र महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?


  • 5.0K
    Shares

    बंगलादेश बैंक र महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
    images

    नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

    बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

    महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
    लघुवित्त सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

    लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्। हाल १० करोड चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पूँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - १३:५६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij