Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दै छन् मन्त्री?

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दै छन् मन्त्री?


  • 3.7K
    Shares

    लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दै छन् मन्त्री?
    images

    सत्ता साझेदार नेपाली कांग्रेसले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ। यसअघि शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा रोकिएको थियो।

    मन्त्रिको नाम टुंगो लगाएपछि आईतबार दिउँसो ३ बजेको लागि प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहणको समयसमेत तय गरेको जनाएको छ।

    यसअघि माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार बनेको थियो।

    अहिले नेकपा एकीकृत समाजवादीलाई समेत समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। लुम्बिनी प्रदेशसभामा नेकपा एकीकृत समाजवादीकी एक मात्र सांसद रमा घर्ति पनि मन्त्री बन्दैछन्।

    नेपाली कांग्रेसबाट बर्दियाका सुरेन्द्र हमाल, दाङका अर्जुन कुमार श्रेष्ठ, रूपन्देहीका बसिउद्धिन खाँ र पाल्पाका वीरबहादुर राना मन्त्री बन्दैछन्।

    नेपाली कांग्रेसले राज्यमन्त्रीमा रिना नेपाल विश्वकर्मालाई पठाउने जनाएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक फकरूद्धिन खाँनले मन्त्री बन्नेको नाम टुंगो लागिसके पनि कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने छलफल भईरहेको बताए।

    ‘अहिले कसलाई मन्त्री बनाउने भन्ने नाम मात्र टुंगिएको छ, पोर्टफोलियोबारे छलफल भईरहेको छ, २ बजेभित्र त्यो पनि टुंगो लाग्छ,’ उनले भने।

    यसअघि रूपन्देहीका अष्टभुजा पाठक र पाल्पाका राना मध्ये कसलाई पठाउने भन्नेमा नेपाली कांग्रेसले टुंगो लगाउन सकेको थिएन। त्यस्तै एक जना राज्यमन्त्रीमा पनि रिना नेपाल विश्वकर्मा र सचेतक निर्मला क्षेत्रीको बीचमा सहमती जुट्न सकेको थिएन।

    नेपाली कांग्रेसबाट दाङका डिल्ली बहादुर चौधरी यसअघि नै पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री बनिसकेका छन्।

    मुख्यमन्त्री र आर्थिक मामिला गरि दुई जना सरकारमा पठाएको माओवादी केन्द्रले पनि दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउँदैछ।

    त्यस्तै सूर्य चिन्हबाट निर्वाचन जितेर माओवादी केन्द्र रोजेकी दाङकी विमलाकुमारी खत्री वली पनि राज्यमन्त्री बन्ने भएकी छन्। राज्यमन्त्री बन्ने पक्का भएपछि नै वलीले माओवादी केन्द्र रोजेको यसअघि चर्चा हुने गरेको थियो।

    गठबन्धनको भागबण्डामा माओवादी केन्द्रको भागमा मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय परेका थिए। तर नेकपा एकीकृत समाजवादीकी रमा घर्तिलाई एउटा मन्त्रालय दिएर माओवादीले चार वटा मन्त्रालय राखेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

    १३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। पछि ६ वटा मन्त्रालय थप गरि १३ वटा मन्त्रालय पुर्‍याईएको हो।

    जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ। त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री छन्।

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - १३:०३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij