Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोरखामा प्रधानमन्त्रीको संसद् विघटनको कदमविरुद्ध मसाल जुलुस

गोरखामा प्रधानमन्त्रीको संसद् विघटनको कदमविरुद्ध मसाल जुलुस


  • 7.9K
    Shares

    गोरखामा प्रधानमन्त्रीको संसद् विघटनको कदमविरुद्ध मसाल जुलुस

    गोरखामा प्रधानमन्त्रीको संसद् विघटनको कदमविरुद्ध नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूहले मसाल जुलुस निकालेको छ ।

    प्रचण्ड नेपाल पक्षको आह्वानमा शनिबार गोरखामा भएको मसाल जुलुसमा सरकारविरुद्ध चर्का नारा लागेको थियो । 

    ओलीका कदमविरुद्ध नेकपा गोरखाले आइतबारका लागि जिल्लास्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । यस्तै पुस १४ गते संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । 

    नेकपाले पुस २० गतेभित्र नगरपालिका र गाउँपालिका स्तरमा बैठक, भेला गर्ने र पुस २५ गतेभित्र सबै वडाहरूमा बैठक आयोजना गर्ने जनाएको छ । नेकपाको केन्द्रीय नीतिअनुसार गोरखा नेकपाले विरोधका कार्यक्रम आयोजना गरेको हो । 

    प्रकाशित मिति :पौष ११ २०७७ शनिवार - २०:४८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij