Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

वाग्मती प्रदेश सभाको बैठक बस्दै : विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, यस्तो छ बागमती प्रदेशसभाको अंकगणित

वाग्मती प्रदेश सभाको बैठक बस्दै : विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, यस्तो छ बागमती प्रदेशसभाको अंकगणित


  • 3.8K
    Shares

    वाग्मती प्रदेश सभाको बैठक बस्दै : विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, यस्तो छ बागमती प्रदेशसभाको अंकगणित
    images

    वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदैछिन्। मुख्यमन्त्रीको विश्वासको मत लिनका लागि आज प्रदेश सभा सरकारले दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक राखेको छ।

    शुक्रवार विश्वासको मत लिन मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई प्रस्ताव दर्ताका लागि पत्र बुझाएका थिए।

    शाक्यले नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्ताव दर्ता गराएकी हुन्। शाक्यले विश्वासको मत लिन प्रदेश सरकारले आजका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।

    वाग्मती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । नयाँ प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेसँगै हाल एमालेमा ४३ सांसद मात्र रहेका छन्।

    केन्द्रमा वाग्मतीको नयाँ मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी बनाउन सहमति भइसकेको छ। यता मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भएपछि वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु पनि बैठकमा जुटेका छन्।

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - ११:०२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij