Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

यस वर्ष पनि कांग्रेसले चियापान समारोह नगर्ने

यस वर्ष पनि कांग्रेसले चियापान समारोह नगर्ने


  • 4.5K
    Shares

    यस वर्ष पनि कांग्रेसले चियापान समारोह नगर्ने
    images

    काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएका हुन्।

    विज्ञप्तिमा पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि अपिल गरिएको छ।

    विज्ञप्तिमा सरकारले खोपको प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख छ। विज्ञप्तिमा उल्लेख छ, ‘खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो।’ कांग्रेसले दसैं, तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना व्यक्त गरेको छ।

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - १६:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij