Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साइप्रसमा नेपाली कामदारका लागि रोजगारको अवसर, तलब कति र कस्तो छ सेवासुविधा ?

साइप्रसमा नेपाली कामदारका लागि रोजगारको अवसर, तलब कति र कस्तो छ सेवासुविधा ?


  • 8.2K
    Shares

    साइप्रसमा नेपाली कामदारका लागि रोजगारको अवसर, तलब कति र कस्तो छ सेवासुविधा ?

    काठमाडौं । साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रसको लिमासोल सहरमा रहेको RED PANDA EMPLOYMENT PRIVATE EMPLOYMENT AGENCY कम्पनीले डेमोस्ट्रिक वर्करका लगि २ जना पुरुष र १५ जना महिला यस्तै एग्रीकल्चर वर्करका लागि १ जना पुरुष र २ जना महिला गरी जम्मा १८ जना नेपाली कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्न सहित तलब ४३ हजार माथिदेखि ६२ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले मिराकल म्यानपावर प्रालिको कार्यालय सामाखुसी ठमाडौंमा असोज २६ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।  विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १४:२७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij