Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

थप २० अर्ब रुपैयाँ रिपोमार्फत बजार पठाउँदै राष्ट्र बैंक

थप २० अर्ब रुपैयाँ रिपोमार्फत बजार पठाउँदै राष्ट्र बैंक


  • 6.0K
    Shares

    थप २० अर्ब रुपैयाँ रिपोमार्फत बजार पठाउँदै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार थप २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ ।

    पछिल्लो समय बजारमा तरलता (लगानी योग्य रकम) को अभाव देखिरहेका बेला थप समस्या पर्न नदिन बैंकले रिपो मार्फत छोटो अवधिका लागि बैंकहरुलाई सापटि दिन लागेको हो । 

    सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि थप २० करोड रुपैयाँ बजार पठाउन लागिएको बैंकले जनाएको छ । उक्त रिपो बुधबार दिउँसो ३ बजे खुल्ला हुनेछ । त्यसो त केहीदिन अघिमात्रै बैंकले तरलता व्यवस्थापनकै लागि भन्दै ३० अर्ब रुपैयाँ बजार पठाएको थियो । 

    हाल बैंकिङ क्षेत्रमा २१ अर्ब रुपैयाँ तरलता मौज्दात रहेको छ । आवश्यक पर्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यस रिपोका लागि माग गर्न सक्नेछन् । 

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १२:१६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij