Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन


  • 11.1K
    Shares

    न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन
    images

    काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने असोज १९ गते अन्तिम दिन रहेको छ । कार्य व्यस्तताले आवेदन दिन छुटेकाहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

    सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा १८ लाख ९३ हजार ९५७ आवेदनबाट २ अर्ब ४० करोड ८९ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ८९ हजार ९४० कित्ताको लागि आवदेन परेको छ।

    कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

    कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ।

    प्रकाशित मिति :आश्विन १९ २०७८ मंगलवार - ११:०५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij