२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साहस उर्जा कम्पनीको प्राथमिक शेयर आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असोज ६ गतेबाट १० गतेसम्म खुला गरेको आईपीओको बाँडफाँड आइतबार बिहान भएको हो ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको थियो । एनआइबिएल एसका अनुसार ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
साहस उर्जाको आइपीओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए। त्यसमध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएका बताइएको छ । आवेदन सदर भएकाहरुबाट ६ लाख ४४ हजारलाई गोलाप्रथाबाट शेयर प्रदान गरेको एनआइबीएल एस क्यापिटलले जनाएको छ ।
७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको कम्पनीले ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएरको थियो । बाँकी ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको छ।
यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ । आइपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij