Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

साफ च्याम्पियनसिपमा आज राति माल्दिभ्सविरुद्ध नेपाल भिड्दै

साफ च्याम्पियनसिपमा आज राति माल्दिभ्सविरुद्ध नेपाल भिड्दै


  • 9.1K
    Shares

    साफ च्याम्पियनसिपमा आज राति माल्दिभ्सविरुद्ध नेपाल भिड्दै
    images

    नेपालले शुक्रबार आयोजक तथा डिफेन्डिङ च्याम्पियन मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै साफ च्याम्पिनसिप फुटबलको सुरुवात गर्दै छ। च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्न लागेको हो। 

    नेपाल र मालदिभ्सबीचको खेल राति पौने १० बजे हुनेछ। साफको सेमिफाइनल सम्ममात्रै पुगेको नेपाल पहिलो पटक साफको फाइनलमा पुग्ने योजनमा छ। 

    नेपाल साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म फाइनलमा पुग्न नसकेको छैन। नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफुहरु उपाधिका लागि भिड्ने बताएका छन्। 

    उनले भने, ‘माल्दिभ्सलाई घरेलु समर्थक र वातावरणको फाइदा पुग्ला तर हामी मैदानमा लडेर नतिजा निकाल्नेछौँ।’

    टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले मालदिभ्सविरुद्धको खेल कठिन हुने बताका छन्। डिफेन्डिङ च्याम्पियनस समेत रहेको मालसदसभ्सलाई घरेलु मैदानको फाइदा हुनेछ। उनीहरुको सामना गर्न हामीलाई कठिन हुनेछ। 

    नेपाल पछिल्लो संस्करणमा मालदिभ्ससँग सेमिफाइनलमा ३–० ले पराजित भएको थियो। साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकासँग खेल्नेछ। दोस्रो खेल पनि राति पौनै १० बजे हुनेछ। 

    १० अक्टोबर रातको पौने १० बजे भारतको सामना गर्ने नेपालले च्याम्पिनयसिपको अन्तिम खेलमा १३ अक्टोबर पौने बजे बंगलादेशसँग स्पर्धा गर्नेछ। 

     

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - १४:०१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij