Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 4.4K
    Shares

    प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    बैंकले कम्पनीको ७० हजार ६ सय ६९ कित्ता संस्थापक समूहको सेयर असोज १ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको थियो । उक्त सेयरको न्यूनतम मूल्य ५ सय १ रूपैयाँ तोकिएको छ । 

    लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्तादेखि अधिकतममा सबै कित्ताको लागि आजसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - ११:३७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij