Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सर्वाधिक ब्याज १०.०७ प्रतिशत प्रदान गर्दै आएको सन्राइज बैंकले ल्यायो Sunrise Payroll Loan योजना

सर्वाधिक ब्याज १०.०७ प्रतिशत प्रदान गर्दै आएको सन्राइज बैंकले ल्यायो Sunrise Payroll Loan योजना


  • 8.9K
    Shares

    सर्वाधिक ब्याज १०.०७ प्रतिशत प्रदान गर्दै आएको सन्राइज बैंकले ल्यायो Sunrise Payroll Loan  योजना

    काठमाडौं । नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सन्राइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी Sunrise Payroll Loan योजना ल्याएको छ ।

    यस योजना अन्र्तगत सन्राइज बैंकमा Sunrise Payroll Savings Account भएका कुनै पनि ग्राहकहरुले बिना धितो रु १५ लाख सम्मको कर्जा लिन सक्नेछन् । योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा रु ५ लाख सम्मको (overdraft) र रु १० लाख सम्मको Term loan  गरी अधिकतम रु १५ लाख सम्मको कर्जा लिन सक्ने छन् ।

    कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । साथै सन्राइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ । 

    बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - १७:३४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij