Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर बजारमा ३२ अंकको गिरावट, ३ अर्बको सेयर कारोबार

शेयर बजारमा ३२ अंकको गिरावट, ३ अर्बको सेयर कारोबार


  • 7.4K
    Shares

    शेयर बजारमा ३२ अंकको गिरावट, ३ अर्बको सेयर कारोबार
    images

    काठमाडौँ । सेयर बजार बिहीबार ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा आएको छ । ३ अर्ब ७० करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएका छन् ।

    केही सातादेखि लगातार रुपमा ओरोलो लाग्दै आएको सेयर बजार यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो । तर शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा घटेको छ । सेयर बजारमा आज सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ ।

    विकास बैंक समूहमा सबैभन्दा धेरै १५५.७५ अंकले गिरावट आएको छ । यस्तै, जीवन बिमा, निर्जीवन बिमा र उत्पादनमूलक समूह पनि १०० अंक भन्दा बढीले घटेका छन् ।

    ट्रेडिङ समूह भने ११८.१३ अंकले बढेको छ । अधिकांश कम्पनीको भाउ घट्दा मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ खोला जलविद्युतको सेयर भाउ भने सर्किट लागेर बढेको छ ।

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - १५:३८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij