Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भोलिबाट साढे २२ लाख कित्ता आईपीओ निष्कासन गर्दै न्यादी हाइड्रोपावर, कसरी र कहिलेसम्म दिने आवेदन ?

भोलिबाट साढे २२ लाख कित्ता आईपीओ निष्कासन गर्दै न्यादी हाइड्रोपावर, कसरी र कहिलेसम्म दिने आवेदन ?


  • 6.6K
    Shares

    भोलिबाट साढे २२ लाख कित्ता आईपीओ निष्कासन गर्दै न्यादी हाइड्रोपावर, कसरी र कहिलेसम्म दिने आवेदन ?
    images

    काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले भोलि असोज १५ गते,शुक्रबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

    कुल कित्तामध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ र बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

    न्यादी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गते बैंकिङ समयपछि हुनेछ। 

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थारु र तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। कम्पनीको यो आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।  

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - १४:३५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij