२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड कहिले होला भन्ने सबै लगानीकर्ताको चासोको विषय बनेको छ ।
क्यापिटलका अनुसार हालसम्म आईपीओमा प्राप्त भएको आवेदनहरूको भेरिफाई गर्ने कार्य भइरहेको छ । भेरिफिकेशनको काम सम्पन्न भएपछि आउँदो आइतबार सोमबारतिर बाँडफाँड गरिनेछ ।
कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५.६२ गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij