Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

४ जीवन बीमा कम्पनीको बोनस दर सार्वजनिक, कुनको कति ?

४ जीवन बीमा कम्पनीको बोनस दर सार्वजनिक, कुनको कति ?


  • 5.6K
    Shares

    ४ जीवन बीमा कम्पनीको बोनस दर सार्वजनिक, कुनको कति ?
    images

    नेपालमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये चार वटाको बोनस दर सार्वजनिक भएको छ । कम्पनीहरुले आर्थिक वर्ष २०७६र७७ को लागि बीमितले पाउने बोनस दर सार्वजनिक गरेका हुन् ।

    हालसम्ममा प्राइम लाइफ,ज्योति लाइफ, महालक्ष्मी लाइफ र रिलायन्स लाइफले आर्थिक वर्ष २०७६र७७ को लागि बोनसदर सार्वजनिक गरेका हुन् ।

    चार बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६र७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा समितिबाट स्वीकृत प्राप्त भए पछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।

    बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ ।

    प्राइम लाइफ

    प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट असोज ६ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

    त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

    कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

    कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन ।

    कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

    यस्तै प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर तोकिएको छ ।

    महालक्ष्मी लाइफ

    महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट असोज ७ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

    त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

    कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

    कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउनेछन ।

    कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधिको आधारमा न्युन्तम ५० रुपैयाँ र अधिकतम ५१ रुपंयाँ बोनस दिनेछ । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

    ज्योति लाइफ

    ज्योति लाइफ इन्स्योरेन्सले २०७७ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको छ । बीमा समितिबाट असोज ७ गते गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले बोनस दर सर्वजनिक गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्षको अन्त्य सम्म कायम बीमतलाई प्रति हजार न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस वितरण गर्नेछ ।

    सावधिक, सावधिक तथा आजीवन बीमालेख अन्र्तगत ९ वर्ष सम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमालेखमा बीमितले ७५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।

    यस्तै अग्रिम भुक्तानी बीमालेख अन्र्तगत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउनछन् ।

    रिलायन्स लाइफ

    रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को बीमांकिय मुल्यांकन प्रतिबेदन बीमा समितिबाट असोज ६ गते स्वीकृति भएपछि बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले न्युनतम १९ रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेका हुन् ।

    सावधिक, सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ देखि ६० रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४१ रुपैयाँ देखि ४५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी मुद्दती नियमित शुल्क बीमा योजनामा न्युनतम २४ रुपैयाँख देखि ५४ रुपैयाँ र सामुहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बीमितले बोनस पाउनेछन् ।

    के हो बोनस दर र कसरी वितरण गरिन्छ ?

    बीमा कम्पनीहरुले हरेक वर्ष बीमित ग्राहकलाई दिने बोनस दरको घोषणा गर्ने गर्छन् । बोनस दर बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमांकको रकममा निर्भर रहने गर्छ । बोनस वितरण गर्दा मृत्यु दर, बीमा कम्पनीको खर्च, र भविष्यमा तिर्नु पर्ने ब्याज जस्ता सम्पूर्ण रकमहरु कटाएर वितरण गर्ने गरिन्छ । कम्पनीले प्राप्त गर्ने सबै पुँजी स्रोतमा तिर्नु पर्ने सम्पूर्ण दायित्व घटाएर उब्रने रकम ९सरप्लस० लाई नै बोनसको रुपमा वितरण गरिन्छ ।

    बीमा कम्पनीले बर्षभरिमा संकलन गरेको बीमांक रकमको प्रतिहजारको दरमा बोनस घोषणा गर्ने गर्छन् । केही बीमा कम्पनीहरुले यो रकम बीमा अवधिमै वितरण गर्छन भने कतिपयले बीमा अवधिको समाप्ति पश्चात पनि प्रदान गर्छन् । बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ । 

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - १३:३४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij