२०८२ मंसिर १२ गते शुक्रवार
साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहीबार नेपाल फाइनान्स कम्पनी लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय २८ रूपैयाँ पुगेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय १९ रूपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९५ रूपैयाँ ९० पैसा पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij