Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एचआईडीसीएलको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

एचआईडीसीएलको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन


  • 6.8K
    Shares

    एचआईडीसीएलको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन
    images

    जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को तीन करोड ६२ लाख २६ हजार सात सय २४ कित्ता सेयर लिलामीमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले ७ असोजदेखि सर्वसाधारण समूहको ३२ लाख २९ हजार सात सय २४ कित्ता र संस्थापक समूहको तीन करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको हो । 

    सर्वसाधारणतर्फ न्यूनतम एक सय कित्ता र संस्थापकतर्फ न्यूनतम एक करोड कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम संख्याको लागि भने कुनै हद तोकिएको छैन । यसमा न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा भाग लिनु पर्नेछ । बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआईडीसीएलले जनाएको छ । 

    कम्पनीको बोलपत्र आवेदन फारम लिन र बुझाउन बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्साल, काठमाडौंबाट सकिनेछ । त्ययसैगरी, ग्लोबल आईएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, धनगढी, महेन्द्रनगर नेपालगञ्ज, सुर्खेत र घोराही शाखाबाट पनि लिलामीमा आवेदन भर्न सकिनेछ ।

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - ११:१६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij