Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

‘लिडिङ्ग पार्टनर बैंक’को उपाधि लक्ष्मी बैंकले पायोे

‘लिडिङ्ग पार्टनर बैंक’को उपाधि लक्ष्मी बैंकले पायोे


  • 4.6K
    Shares

    ‘लिडिङ्ग पार्टनर बैंक’को उपाधि लक्ष्मी बैंकले पायोे
    images

    लक्ष्मी बैंक एसियन डेभेलपमेन्ट बैंक (एडीबी)ले प्रदान गर्ने २०२१ को ‘लिडिङ्ग पार्टनर बैंक’को उपाधिबाट सम्मानित गरेको छ ।

     सो उपाधि एडीबी को ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ । जसमा एडीबीसँग को सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।

     एडीबीले सो उपाधिहरु १ जुलाई २०२० देखि ३० जुन २०२१ को अवधि भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ । सोही अवधिमा लक्ष्मी बैंक ले विभिन्न साना, मझ्यौला तथा ठूला संस्थाहरुसँग कारोबार गरी सबैभन्दा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।

     एडीबी को ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि ले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापान को सुदृढीकरण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ ।

     हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंक लाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंक हरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरुद्वारा सम्मानित गरिएको थियो ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १६:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij