Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेशनल माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

नेशनल माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 5.2K
    Shares

    नेशनल माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
    images

    नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज बुधबार अन्तिम दिन रहेको छ । संस्थाले ३० भदौबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको थियो । 

    कम्पनीले यसको मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ । न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ । आवेदन दिने लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्छ । 

    संस्थाले जारी गरेको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन् । आवेदकले बोलपत्र पेश गर्दा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्नेगरी दिनुपर्नेछ ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १४:२४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij