२०८२ भाद्र १ गते आइतवार
कुवेतको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको अमानको सेक्युरिटी कम्पनीले सेक्युरिटी गार्डका लागि २५० जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ४८ हजार माथि पाउनेछन् । इच्छुक कामदारले लिङ्क इनटरनेशनल प्लेसमेन्ट सर्भिस प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा असोज २० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij