२०८२ भाद्र १० गते मंगलवार
सोमबार १० जनाभन्दा धेरै नर्सको मोबाइलमा एउटा म्यासेज गयो। जसमा लेखिएको थियो बधाई छ.... ‘तपाईं कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा स्टाफ नर्सको पोस्टका लागि सफलतापूर्वक छनोट हुनुभएको छ।’
अस्पतालले स्टाफ नर्स छनोटका लागि कुनै पनि परीक्षा लिएको छैन। उल्टै अस्पताल प्रशासनले माग गरिएका नर्सको पनि छनोट प्रक्रिया स्थगित गरेको छ।
नर्सहरुको मोबाइलमा म्यासेज जानुअगाडि कसैले पनि वीर अस्पतालमा कुनै पनि परीक्षा दिएका थिएनन्। अझ पठाइएको म्यासेजमा नर्सहरुको रजिस्ट्रेसन नम्बर पनि दिइएको छ। म्म्यासेज गएपछि उनीहरुले अस्पतालमा प्रशासनमा फोन गरे। मोबाइलमा पठाइएको म्यासेजमा आफनो बायोडाटा लिएर अस्पतालको मानव स्रोत विभागमा सोमबारभित्र उपस्थित हुन भनिएको थियो।
अस्तपालले माग गरेका नर्सको छनोट प्रक्रिया आइतबार स्थगित गरेको थियो तर भोलिपल्ट नै छनोट भएको म्यासेज कसरी गयो? यस विषयमा अस्पतालमा खैलाबैला मच्चिएको छ।
अस्पतालका प्रमुख डा. भूपेन्द्र बस्नेतले कोरोना संक्रमितको चाप कम भएकाले तत्कालका लागि छनोट प्रक्रिया स्थगित गरिएको सूचना जारी गरेका छन्।
अस्पतालले कोरोना संक्रमितको उपचारका लागि भन्दै भदौ २१ गते बढीमा ६ महिनाका लागि करारमा ५० जना स्टाफ नर्स मागेको थियो। जसमा आवेदन दिनेहरु तीन हजारभन्दा धेरै थिए। अस्पतालले पाँचौं तहका ५० जना नर्सको मागेको थियो।
अस्पतालका प्रमुख डा. भूपेन्द्र बस्नेतले कोरोना संक्रमितको चाप कम भएकाले तत्कालका लागि छनोट प्रक्रिया स्थगित गरिएको सूचना जारी गरेका छन्। अस्पतालका सूचना अधिकारी सागर मिश्रले यो गलत म्यासेज भएको बताए। उनले भने, ‘यो फेक म्यासेज हो। हामीले यस बारेमा अनुसन्धान गरिरहेका छौं। अनुसन्धानबाट पत्ता नलागेमा साइबर ब्युरो जान्छौं। अहिलेसम्म ८/१० जनाले प्रशासनमा आफूलाई म्यासेज आएको जानकारी गराएका छन्। तर अझै कतिलाई मेसेज गयो भनेर पूर्ण जानकारी पाएका छैनौं।’
उनका अनुसार अस्पतालले आवेदन मात्रै लिएको छ, कुनै अन्तर्वार्ता वा छनोट प्रक्रिया भएको छैन। अस्पताल प्रशासनले पनि भर्ना प्रक्रिया रोकिएको जनाइसकेको छ। उनले भने, ‘यस्तो अवस्थामा कसले यो म्यासेज पठायो खोजिरहेका छौं।’ नर्सहरुलाई ३७८८८ नम्बरबाट म्यासेज आएको हो।
लिस्टमा ५० जनाभन्दा धेरैको नाम थियो, उनीहरुलाई राख्नुपर्ने दबाब अस्पताललाई परेपछि आवेदन दिएकाको छनोट प्रक्रिया स्थगित गरेर मन्त्री तथा प्रधानमन्त्रीबाट आएको लिस्टबाट नै नर्सहरु छनोट गरिएको हो।
अस्पतालका एक कर्मचारी भन्छन्, यो मेसेज गलत हो जस्तो लाग्दैन, अहिले प्रशासनले फल्स म्यासेज गयो भनेर ढाँट्ने प्रयास गरिरहेको छ। हाम्रोबाट म्यासेज गएको होइन भनेको छ, तर भित्रभित्रै आफ्ना मान्छे राख्न खोजेको पनि हुन सक्छ।’
अस्पतालका अर्का एक कर्मचारी भन्छन्, ‘म्यासेज कसैले फेक बनाएको होइन, अस्पतालमा नर्सका लागि आवेदन माग भइसकेको थियो, छनोट प्रकृया सुरु हुनु अगावै केही मन्त्री र प्रधानमन्त्रीबाट नै यो व्यक्ति छनोट हुनुपर्छ भनेर लिस्ट आएको थियो। लिस्टमा ५० जनाभन्दा धेरैको नाम थियो, उनीहरुलाई राख्नुपर्ने दबाब अस्पताललाई परेपछि आवेदन दिएकाको छनोट प्रक्रिया स्थगित गरेर मन्त्री तथा प्रधानमन्त्रीबाट आएको लिस्टबाट नै नर्सहरु छनोट गरिएको हो।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij