Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

७० अंकले घट्यो नेप्से, लगानीकर्ता चिन्तितमा

७० अंकले घट्यो नेप्से, लगानीकर्ता चिन्तितमा


  • 5.1K
    Shares

    ७० अंकले घट्यो नेप्से, लगानीकर्ता चिन्तितमा
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि उच्च अंकको गिरावट भएको छ । आज नेप्से ७०.०१ अंकले घटेर दुई हजार ६ सय १५ दशमलब ४० विन्दुमा पुगेको हो । सोमबार नेप्से ७३.०५ अंकले घटेर दुई हजार ६ सय ८५ दशमलब ४२ विन्दुमा थामिएको थियो ।  

    त्यस्तै, आज ५ अर्ब ७४ करोड ५४ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब १२ करोड बराबरको कारोबार भएकोे थियो । आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् ।   

    आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । 

    नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र नेपाल हाइड्रो डेभलपर्श कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

    यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीको आज १८ करोड भन्दा बढीको कारोबार भएको छ ।

    प्रकाशित मिति :आश्विन १२ २०७८ मंगलवार - १६:२८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij