Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आज क्रिसमस डे मनाइदै

आज क्रिसमस डे मनाइदै


  • 8.5K
    Shares

    आज क्रिसमस डे मनाइदै

    इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । 

    उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा इसाई धर्मावलम्बीले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।

    मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले जानकारी दिए । विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो ।

    आज देशभरका इसाई धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिइएको छ । हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । 

    महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्लासिक भेन्यू सातदोबाटोमा क्रिसमस महोत्सव २०७७ आयोजना गरिएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए ।

    पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा ‘क्रिसमस ट्रि’ सजाउने गरेको देखिन्छ । विशेषगरी इसाई धर्मावलम्बीका विदेशी पर्यटकलाई आकर्षित गर्न विगत वर्षमा साजसज्जा गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण चहलपहल कम देखिन्छ । 

     

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - ११:१८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij