Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

निर्जीवन बीमा कम्पनीहरुले भदौमा उठाए ३ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति (सूचिसहित)

निर्जीवन बीमा कम्पनीहरुले भदौमा उठाए ३ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति (सूचिसहित)


  • 4.7K
    Shares

    निर्जीवन बीमा कम्पनीहरुले भदौमा  उठाए ३ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति (सूचिसहित)
    images

    काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै २ लाख २६ हजार १ सय ९६ बीमालेखा जारी गरेर २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरूको साउनको तुलनामा भदौमा बीमा शुल्क आर्जन भने केही घटेको छ ।   

    बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र७९ को भदौ महिनासम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ७६ हजार २ सय ३४ बीमालेख जारी गरेर  ६ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

    भदौ महिना सम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ४९ हजार ४०० बीमालेखा जारी गरेर  ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै भने २३ हजार ८ सय ७६ बीमालेखा जारी गरेर  ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स ४२ हजार ४७ बीमालेखा जारी गरेर भदौ महिनासम्ममा ५८ करोड रुपैयाँ तथा भदौ महिनामा मात्रै  २० हजार ६६ बीमालेखा जारी गरेर २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

    तेस्रो नम्बरमा रहेको नेको इन्स्योरेन्सले ५० हजार ९ सय ३६ बीमालेखा जारी गरेर ५२ करोड रुपैयाँ आर्जन गरेको छ । भदौमा मात्रै भने नेकोको  २५ हजार ४ सय ८४ बीमालेखा जारी गरेर २६ करोड रुपैयाँ आर्जन गरेको छ । चौथो नम्बरमा रहेको सिद्धार्थले ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको त्यस्तै भदौ महिनामा मात्रै  १९ हजार २ सय ८३ बीमालेखा जारी गरेर २० करोड रुपैयाँ आर्जन गरेको छ । 

    पाँचौँ नम्बरमा रहेको प्रिमियर इन्स्योरेन्स कम्पनीले भदौ मसान्तसम्ममा २३ हजार ६ सय २३ बीमालेख जारी गरेर ४१ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । एनएलजी इन्स्योरेन्स  कम्पनीले भदौ मसान्तसम्ममा ४० करोड रुपैयाँ आर्जन गरेको छ। भदौ महिनामा मात्रै एनएलजी इन्स्योरेन्सले १७ हजार ३ सय ४७ बीमालेख जारी गरेर २० करोड रुपैयाँ आर्जन गरेको छ ।  

    भदौ महिना मात्रै आर्जन गरेको बीमा शुल्कको तथ्यांकलाई हेर्दा अन्य कम्पनीहरूले क्रमशः राष्ट्रिय बीमा कम्पनी १९ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स १२ करोड, ओरियण्टल इन्योरेन्स १० करोड, प्रभु इन्स्योरेन्स १५ करोड, युनाइटेड इन्स्योरेन्स, ११ करोड, नेशनल इन्स्योरेन्स११ करोड, नेपाल इन्स्योरेन्स ११ करोड, आइएमई जनरल ९ करोड, अजोड इन्स्योरेन्स १० करोड, एभरेस्ट इन्स्योरेन्स १० करोड, लुम्बिनी जनरल इन्स्योरेन्स ११ करोड, प्रडेन्सियल इन्स्योरेन्स ९ करोड, जनरल इन्स्योरेन्स ६ करोड र सानिमा जनरल इन्स्योरेन्सले ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

     

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - १५:५६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij