२०८२ मंसिर १२ गते शुक्रवार
सेयर बजारको परिसूचक नेप्से २७ सयमुनि झरेको छ। सोमबार परिसूचक ७३ अंकले घटेको हो।
सो अंकको गिरावटपछि परिसूचक २६८५ अंकमा कायम भएको छ। यसअघि हिजो आइतबार पनि बजार ६१ अंकले घटेको थियो।
परिसूचक मात्रै होइन, कारोबार रकम पनि घटेको छ। हिजो आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित भयो।
यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटे।
यस दिन ३ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो।
त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो। हालै सूचीकृत भएको मैलुङखोलाको मूल्य प्रतिकित्ता २२६ रुपैयाँ पुगेको छ। गोर्खाज फाइनान्सको मूल्य ६ प्रतिशतले बढ्यो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij