२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । युएईले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको रोयल फर इम्प्लोइमेन्ट सर्भिस कम्पनीले ५०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियम अनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित २५ हजार माथिदेखि ३२ हजार माथि पाउनेछन् । इच्छुक कामदारले फरेभर हुमन रिसर्च सोलुसन प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा असोज १८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij